Comments Add Comment

प्रदीप ज्ञवालीलाई खगेन्द्र संग्रौलाको प्रश्न:एकछाक तरकारी खाना नपाउनेको संख्या कति छ?

प्रतिनिधि सभा सदस्यसमेत रहेका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो भान्सामा दुईथरी तरकारी पाक्ने अवस्था नरहेको भनेर दिएको अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।

सोमबार एक कार्यक्रममा ज्ञवालीले भनेका थिए, ‘म अहिले प्रतिनिधि सभा सदस्य छु, मैले घरमा एउटा सम्झौता गर्नुपर्ने अवस्था निर्माण भयाे। जम्माजम्मी बढीमा अधिकतम हरेक दिन एक खालको तरकारी पाक्नेछ भन्ने सम्झाैता गृहमन्त्री (गृहिणी) सँग गरेर अगाडि बढ्नुपर्ने स्थिति सिर्जना भाे। दुईथरी तरकारी पकाउन सक्ने अवस्था कमसेकम मेरो चाहिँ छैन।’

यस विषयमा नागरिक अगुवासमेत रहेका लेखक खगेन्द्र संग्रौलाले तीखाे टिप्पणी गरेका छन्।.

एमाले उपहासचिव ज्ञवालीलाई उनले व्यंग्यात्मक प्रश्न गरेका छन्, ‘गरिब मान्यवर, एउटै तरकारी खाने औकात नभएका नागरिकहरूको संख्या देशमा कति प्रतिशत होला?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै