Comments Add Comment

गर्भनरको बर्खास्तीको माग गर्दै अनेरास्ववियु(क्रान्तिकारी र वाइसीएलले आज प्रदर्शन गर्दै

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नेकपा एमालेको
अर्थ तथा योजना बिभाग को सदस्यमा नाम आएपछि नैतिक संकटमा परेका छन् ।यसको चौतर्फी बिरोध भैरहेको छ।

यसैबीच अखिल (क्रान्तिकारी )र YCL Nepal काे संयुक्त आयाेजनामा आज ४.००बजे माईतिघर मण्डलामा प्रदर्शन गर्ने भएको छ।

नेकपा माओवादी निकट आखिल क्रान्तिकारी अध्यक्षले लेखेकी छन् ,`
अवैध गभर्नर बर्खास्तीकाे माग गर्दै अखिल (क्रान्तिकारी )र YCL Nepal काे संयुक्त आयाेजनामा आज ४.००बजे माईतिघर मण्डलामा प्रदर्शन कार्यक्रम भएकोले उपस्थितिकाे लागि हार्दिक अपिल गर्दछौ।´

राष्ट्र बैंक ऐन २०५८ ले गभर्नर वा बैंकका कुनैपनि पदाधिकारीलाई कुनै राजनीति दलको कार्यकर्ता तथा पदाधिकारी बन्नबाट वर्जित गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को धारा २१ को ‘क’ मा बैंक सञ्चालकको योग्यता किटान गर्दै भनेको छ, ‘राष्ट्र बैंकका सञ्चालक, गभर्नर वा डेपुटी गभर्नर कुनै पनि पार्टीको सदस्य, पदाधिकारी वा कार्यकर्ता बन्न पाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै