Comments Add Comment

गर्भनर एमालेका मामुली कार्यकर्ता ,सरकारले गर्यो बर्खास्तीको तयारी

हरेक तह र तप्कामा रहेकाहरु राजनीतिक पहुँचको आडमा उभद्रो मच्चाउने गर्छन् ।यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसबीचमा जेजस्ता योजनाहरु ल्याए र सम्पुर्ण आर्थिक क्षेत्रहरुलाई हतोत्साहित बनाउने तरिकाले दिनहुँ अभिव्यक्ति दिइरहे।

उनी गर्भनर भएपनि नेकपा एमालेको कार्यकर्ताको हैसियतमा सरकार असफल बनाउन र लगानिकर्ता डुबाउन लागि परेको बुझिएको छ। एमालेको अर्थ तथा योजना विभाग सदस्यमा नियुक्त भएको विषय बाहिरिएपछि उनीमाथि प्रश्न चिन्ह तेर्सिएको छ । केन्द्रीय नियामक निकायको १ नम्बर जिम्मेवारीमा रहेका व्यक्ति आस्था र विचारले जतासुकैको भए पनि राजनीतिक दलको विभागीय सदस्य बन्न नपाइने कानुनमा नै उल्लेख छ।

खोटाङ्गकै वाम विश्लेषक हरि रोकाले सामाजिक सञ्जालमा, ‘मेरा अनन्य मित्रहरु माननीय घनश्याम भुसालको प्रमुखतामा अनन्य मित्रत्रय कमरेड योगेन्द्र शाही सचिव र प्रा.डा. रामचन्द्र आचार्यसहित मेरै जिल्लावासी राष्ट्र बैंकका गभर्नर यम.अधिकारीलाई देशको ठूलो दल एमालेले अर्थ तथा योजना विभागमा सदस्य नियुक्त गरेकोमा उहाँहरु सबैमा कार्यकालको शुभकामना,’ दिएका छन् ।

गभर्नर अधिकारी यसअघि नेता सुरेन्द्र पाण्डे प्रमुख रहेको सोही विभागमा सदस्य थिए । उनको नाम १६ नम्बरमा थियो । त्यतिबेला बैंककै डा. गोविन्दबहादुर थापा पनि सदस्य थिए । थापाको गत वर्ष निधन भैसकेको छ । तर यस पटक उनै महाप्रसादलाई अप्ठेरो नपार्न छोटकरी रुप एम.उल्लेख गरी विभागमा निरन्तरता दिइएको बताइन्छ ।

उनको घर खोटाङ नै हो । उनले आफ्ना सबै विवरणमा गृहजिल्ला खोटाङ नै उल्लेख गर्ने गरेका छन् । पार्टीको विवरणमा पनि एम. अधिकारीको जिल्ला खोटाङ लेखिएकाले पहिले र अहिलेका अधिकारी उनै गभर्नर भएको एमाले स्रोतले बताएको छ ।

नेकपा एमालेका कार्यालय सचिव डा.भीष्म अधिकारीले एकचोटि “के गरौं” भनेर सोध्दा “राख्ने हो र,के नै फरक पर्ला र !” भन्ने सम्मति प्राप्त भएपछि एम.अधिकारीको नाम कायम गरिएको आज बिहान एमाले केन्द्रीय कार्यालय श्रोतले बतायो ।

यसैबीच उनलाई सरकारले बर्खास्तीको तयारी गरेको छ ।आम लगानिकर्ताहरुले पनि राजिनामा माग गर्दै आज बेलुका व्यापक प्रदर्शन गर्न उपस्थिति हुन माइतीघरमा आउन अपिल गरेको छ।यता अर्को समुहले भने गर्भनर विरुद्ध सर्बोच्चमा रिट दर्ता गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै