Comments Add Comment

शिल्ड खेल्न आएकी किशोरीमाथि ब!लात्कार प्रयास गर्ने कांग्रेसका वडाध्यक्षविरुद्ध प*क्राउ पुर्जी

ब!लात्कारका घटना बढ्दो क्रममा छन् ।अहिलेसम्म गुम्सिएर रहेका घटनाहरु पनि बाहिर आउने क्रम जारी छ।

यसैबीच वडाध्यक्षनै ब!लात्कारको घटनामा मुछिएका छन् ।यो घटना हो मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिंह घलान।उनी विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौंडा आएका विद्यार्थीमाथि बला!त्कारको प्रयास गरेको उजुरी परेपछि घलानविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। गत असार १८–१९ गते हेटौंडाको हुप्रचौरमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेल्न आएकी कैलाश गाउँपालिका–९ नामटारस्थित कालिका माविकी विद्यार्थीमाथि वडाध्यक्ष घलानले बला!त्कारको प्रयास गरेको भन्दै किटानी जाहेरी परेको थियो।

१४ वर्षकी विद्यार्थीले मध्यरातमा वडाध्यक्ष आफूहरु सु!तिरहेको कोठामा प्रवेश गरेर ब!लात्कारको प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले घलानविरुद्ध उजुरी दर्ता गरेको हो। पीडित किशोरीले उजुरी दिएपछि नेपाली कांग्रेस कैलाश गाउँपालिकाले घटना नियोजित भएको भन्दै पक्राउ पुर्जी जारी नगर्न प्रहरीलाई दबाब दिएको जनाइएको थियो। घलान कांग्रेसबाट निर्वाचित भएका थिए।

तर, प्रहरीले आज घलानविरुद्ध पक्राउ पुर्जी जारी गरेको उनलाई गिरफ्तार गर्ने अभियान सुरु गरेको जनाएको छ। असार १९ गते राति १२ः३० बजेको समयमा वडाध्यक्षले आफूलाई बला!त्कारको प्रयास गर्ने उद्देश्यले सं!वेदनशील अंगहरुमा सुम्सु!म्याएको जाहेरीमा उल्लेख गरेकी थिइन्। घटना १९ गते रातिको भए पनि बालिकाले असार २२ गते आफ्नो आमालाई घटनाको बारेमा बताउँदै वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर, प्रहरीले आइतबारमात्र घटना दर्ता गरेर आज पक्राउ पुर्जी जारी गरेको हो।

राजनीति दलको दबाबले घटनालाई विद्यालय तहमै मिलाउने प्रयास गराएको भए पनि पीडित किशोरीले महिला अधिकारवादी संस्थाको सहयोगमा उजुरी दिएकी हुन्। पीडित किशोरी हाल माइती नेपालको संरक्षण छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै