Comments Add Comment

आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री : वर्षमान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् । अहिले छानबिनका लागि मार्गप्रशस्त मात्रै गरको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने बताएका हुन् ।

संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने बतए । पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको पनि बताए ।

अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठन हुनुलाई पार्टीले स्वाभाविक रूपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाइ छ ।

उनले छानबिन समितिले नै सत्यतथ्य ल्याउने भएपनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै