Comments Add Comment

मन्त्रालय सेटिङ:बिदामा बसे अर्थ सचीव

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्।

उनको सचिवालयका अनुसार मरासिनीले आफूलाई सन्चो नभएको भन्दै बुधबार र बिहीबार मन्त्रालय नआउने जानकारी दिएका छन्।

उनी कति दिन बिदामा बस्छन् भन्ने एकिन छैन।

‘सचिवज्यू हिजो साँझ पाँच बजेसम्म कार्यालयमै हुनुहुन्थ्यो। सन्चो नभएकाले आज र भोलि अफिस आउँदिनँ भन्नुभएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने।
आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ। अनधिकृत रूपमा ती पूर्वनासु आउँदा सचिव मरासिनी पनि मन्त्रालयमै रहेको बताइन्छ।

उक्त घटनाको सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि मन्त्रालय प्रशासनले पनि शर्माको प्रभावमा काम गरेको भन्दै आलोचना भइरहेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुरूमा अनधिकृत व्यक्ति प्रवेश गर्दा र अहिले सिसिटिभी फुटेज डिलेट गर्दा पदीय जिम्मेवारीअनुसारको काम नगरेको भन्दै अर्थसचिव मरासिनीमाथि पनि प्रश्न उठाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै