Comments Add Comment

बामदेब,बाबुराम दौडधुप कोटेश्वर देखि लैनचौर !उपेन्द्रको घरमा माओवादी र एसका केन्द्रीय नेता!

जनता समाजवादी पार्टी औपचारिक रुपमा विभाजनोन्मुख भएपछि दुवै समूहका नेताहरुको भेटघाट र दौड निकै चाखलाग्दो भएको छ ।

हिजो लैनचौरस्थित उपराष्ट्रपति निवासमा उपराष्ट्रपति नन्दकिशोर पुन,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । उहाँहरुबीच हिजो बिहानदेखि मध्यान्हसम्म छलफल भएको हो ।

हिजै डा. भट्टराई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्न नेपाल निवास कोटेश्वर पुग्नुभयो । उहाँ अध्यक्ष नेपालसँग भेट्न साँझ जानुभएको हो । डा.भट्टराईसँगको भेटमा श्रममन्त्री शेरबहादुर कुँवर पनि हुनुहुन्थ्यो ।

उता खुमलटारस्थित दाहाल निवासमा अध्यक्ष दाहाल र माओवादी नेता गिरिराजमणि पोखरेलबीच हिजै बिहान भेटवार्ता भएको थियो । दाहालसँग भेट्न नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम अपरान्ह त्यहाँ जानुभयो । उहाँ त्यसअघि हिजै बालकोट जानुभएको थियो ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु आज बिहान जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको निवासमा भेला हुनुभएको छ । उहाँहरु हात्तीवन पुगेर बिहान डेढ घण्टा सामूहिक छलफलमा जुट्नुभएको हो ।

यादवको निवास ललितपुर,हात्तिवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेता वर्षमान पुन,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल पुग्नुभएको हो । यादवसहित पाँच जना नेताबीच भएको कुराकानीको विवरण सार्वजनिक गरिएको छैन ।

जसपामा यादव र डा. बाबुराम भट्टराई समूहबीच तिक्तता बढ्दै गएपछि औपचारिक रुपमा छुट्टिने सहमति भएको छ ।लोकप्रिय पत्रीका जनआश्था बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै