Comments Add Comment

उपेन्द्रले गरे जसपाका नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष पेश

जनता समाजवादी पार्टी (जसपा) नेपाल बिभाजन हुने निश्चित भैसकेको छ।उपेन्द्र यादबले नै पार्टीको आधिकारिता पाउने पनि निश्चित छ।यसैबीच केही दिन अगाडि बहुमत कार्यकारी सदस्यको निर्णय अनुसार मन्त्री हेरफेरको जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादबलाई दिइएको छ।

पुराना मन्त्रीमा जसपा बाट जम्मा ४ मन्त्री रहेका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव छन् ।

यसैबीच ती मन्त्रीलाई फिर्ता बोलाउने गरि उपेन्द्र यादबले ४ नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेश गरेका छन् ।अब केही दिनमा नै मन्त्रीहरु परिवर्तन गरिने शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ।

यता डा. बाबुराम भने नयाँ पार्टी बनाएर समाजवादी केन्द्रको बहस चलाउन लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै