Comments Add Comment

सक्षम र दल असंलग्न व्यक्तिले राज्यको कुनै पनि अवसर पाउने अबस्था छैन:भिमार्जुन आचार्य

न्यायालय देखि राज्यका सबै अङ्गहरूमा मालिकको आदेश पालना गर्ने दासहरूको बिगबिगी भैरहेको संविधानविद डा.भिमार्जुन आचार्यले बताएका छन् ।
जो दलमा संलग्न छैन सक्षम छ त्यसले समेत यो देशमा अवसर र कुनै मानपदवी पाउने अबस्थामा देश नरहेको उनको तर्क छ।
त्यसकरण आसन्न निर्वाचनमा होसियार पुर्वक मत दिएर दासहरुको होइन सच्चा नागरिकहरूको देश बनाउन अपिल गरेका छन् ।
यस्तो छ उनको भनाइ :
` सिङ्गो दल र सबै नेता-कार्यकर्ता दोषी छैनन। हरेक दल, समूह, संगठन, समाज र परिवारमा आज पनि असल मानिसहरू छन। तर, फेरि पनि हामीमाथि वर्षो देखि खराब, दुष्ट, भ्रष्ट, असक्षम, र देशद्रोहीहरूले शासन र रजाइँ गर्दे आइरहेका छन। खराब व्यक्तिको छनौटका कारण आज राज्यका सबैजसो निकाय निकम्मा सिद्द भएका छन। के न्यायालय, के सुरक्षा निकाय, के संवैधानिक निकाय, के कुटनीतिक निकाय कहिकतै पनि सक्षम र दल असंलग्न व्यक्तिले राज्यको कुनै पनि अवसर, मान पदवी पाउन सक्ने अवस्था छैन । न्यायालय देखि राज्यका सबै अङ्गहरूमा मालिकको आदेश पालना गर्ने दासहरूको बिगबिगी छ। यसको अन्त्य आजको पहिलो आवश्यकता हो। आसन्न निर्वाचनमा यस्तो प्रवृत्तिलाई जन्माउदै र सरक्षण गर्दे आएका दल र नेतालाई छानीछानी परास्त गरौ। यो देशलाई दासहरू को होइन सच्चा नागरिकहरूको देश बनाऔं ।´

संविधानविदको रुपमा परिचित नाम हो डा.भिमार्जुन आचार्य।उनी खरो रुपमा बहसमा उत्रिन्छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै