Comments Add Comment

जसपामा उपेन्द्र शक्तिशाली वा बाबुराम ?, कार्यकारिणी समितिमा कस्को पक्षमा कति?

जनता समाजवादी पार्टी (जसपा)मा शक्ति प्रदर्शनको खेल सुरु भएको छ।डा.बाबुराम भट्टराईले आन्तरिक रुपमा हस्ताक्षर अभियान चलाउनेने देखि शेरबहादुर देउवालाई नै भेटेर मेरो सहमति बिना आएका निर्णय नमान्न आग्रह समेत गरे।

हिमाल पहाड र तराईलाई जोडेर पहिचान सहितको शक्ति निर्माण गर्ने भन्दै उपेन्द्र र बाबुराम एकठाउँमा आएका थिए।अब उपेन्द्र शक्तिशाली हुनेकी बाबुराम भन्ने बिषयमा मुख्य दुई कुरामा भर पर्छ।राजेन्द्र श्रेष्ठ र अशोक राईको पार्टीमा छुट्टै पहिचान र गुट छ। राजेन्द्र श्रेष्ठ भने मौन छन् तर अशोक राई भने बाबुरामको पक्षमा खुलेका छन् । राजेन्द्र श्रेष्ठको नजिकका हरु भने उपेन्द्र यादवले बोलाएको मध्यरातको बैठकमा सहभागी थिए।यो अबस्थामा अशोक राईले बाबुरामलाई सघाउन सक्छन् ।

यता उपेन्द्रले अर्को निर्णय गरेका छन् ।मन्त्री फिर्ता बोलाउने यसरी फिर्ता बोलाउदा त्यहा भित्र अर्को असन्तुष्ट समूह जन्मने निश्चित छ।त्यो समुहले बाबुराम भट्टराईलाई साथ दिन सक्छ।जसभित्र राजेन्द्र श्रेष्ठ सहितको पंक्ति आउन सक्छ। अशोक राई खुलेर बाबुरामको पक्षमा लागेमा भने सुशीला श्रेष्ठ, हेमराज राई, रकम चेम्जोङलगायतका नेताहरू राईसँगै जानेछन् ।जसबाट राजेन्द्र श्रेष्ठ समूह पनि निश्चित आउछ ।

जसपाको कार्यकारिणी समितिमा हाल ३३ जना छन् ।बाबुरामले राजेन्द्र र अशोक लाई बिश्वास दिलाउन सकेमा र मोहम्मद इस्तियाक राईसमेत बाबुराम निकट मानिन्छन् ।यदि यसो भएमा उपेन्द्रको समुहमा १४ जना हुनेछन जुन अल्पमत हो।अशोक राई उपेन्द्रको स्वभाव बाट आजित भैसकेको अशोक समुहका बिश्वासपात्रहरु बताउँछन् ।यदि उपेन्द्रले बहुमत कायम राख्न सकेभने बाबुराम कारबाहीमा पर्नेछन् ।यदि यसको उल्टो भएमा जसपाको शक्ति बाबुरामको हातमा आउने छ।

जसपामा अर्को पदाधिकारी पनि छ।जसमा डा. बाबुराम भट्टराई ,अशोक राई रहेका छन् भने आमन्त्रित सदस्यमा राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव छन् ।

अध्यक्ष यादबको समुहमा हाल १९ जना देखिएका छन् ।सोमबारको बैठकमा सहभागी हुनेहरूमा १७ जनाको उपस्थिति रहेको थियो। उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव, मोहम्मद इस्तियाक राई, लालबाबु राउत, विजय यादव, सुशीला श्रेष्ठ, रणध्वज कन्दङ्वा, रकम चेम्जोङ, युवराज कार्की, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, गोविन्द चौधरी, नवलकिशोर साह र गजाधर रोहता यादव थिए ।

बाबुरामको पक्षमा भने १२ जना केन्द्रीय कार्यकारिणी सदस्य खुलेका छन् । जसमा बाबुराम भट्टराई, हिसिला यमी, नवराज सुवेदी, गंगा श्रेष्ठ, महेन्द्रराय यादव, राजकिशोर यादव, अमृता अग्रहरी, डम्बर खतिवडा, प्रशान्त सिंह, दुर्गा सोब, भक्तबहादुर शाहलगायत छन् ।

पार्टी बिभाजनको लागि बाबुराम संकटमा छन् ।केन्द्रीय कमिटी र संसदीय दल दुबैमा कम्तीमा ४० प्रतिशत भए पुग्ने व्यवस्था कानुनमा छ।जुन संख्या बाबुराम संग छैन ।पार्टी बिभाजनका लागि २०% केन्द्रीय कमिटी वा २० % संसदीय दल भए हुने भनी ल्याएको अध्यादेश निष्क्रिय भैसकेको छ।पार्टी बिभाजनले अब बाबुरामको औचित्य पुष्टि हुन गाहो हुने उनी निकट बताउँछन् ।तसर्थ बहुमत पुर्याएर उपेन्द्रलाई अध्यक्ष बाट अपदस्थ गर्नु र उपेन्द्रलाई साइजमा राख्नु नै बाबुरामको ध्यय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै