Comments Add Comment

पेस्तोल पड्काएर श्रीमती तर्साउने युवा पक्राउ

जनकपुरधाम । श्रीमतीसँग विवाद हुँदा हवाइ फायर गरी तर्साउने युवा पक्राउ परेका छन् । मंगलबार हतियारसहित जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकबाट ३७ वर्षीय मनिषकुमार अधिकारी पक्राउ परेका हुन् । अधिकारीले गोली भएको पेस्तोल छतमा पुगेर पड्काएका थिए ।

उनले सोमबार राति श्रीमतीसँग विवाद भएपछि छतमा पुगेर पेस्तोल पड्काएको पाइएको छ । गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए ।

प्रहरीले उनको घरको किचन कोठामा लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको छ ।

अटो पिस्टन युएसए लेखिएको पेस्तोलमा गोली एक राउण्ड र म्यागेजिन बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार श्रीमान् –श्रीमतीबीच घरायसी वादविवाद हुँदा घरको छतमा गएर तर्साउनको लागि गोली चलाएको मनिषले प्रहरी समक्ष बयान दिएका छन् ।

मनिष अहिले धनुषा प्रहरीको हिरासतमा छन् । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै