Comments Add Comment

भारतको जंगलमा दुई नेपाली महिलालाई रुखमा बाँधेर ब!लात्कार,यस्तो छ घटना

दाङ । राजप्र ६ बैरवावासीलाई किनमेलका लागि भारत जानुपर्ने बाध्यता छ । नेपालका बजार भन्दा भारतीय बजार नजिक पर्छ । जसका कारण त्यहाँका नेपाली घरायसी सामान किन्न भारतीय बजार नै जाने गरेका छन् ।

किनमेलकै क्रममा बैरवाका ६ जना महिला आइतबार किनमेल गर्न भारतको मनिपुर बजार जान भनेर घरबाट हिँडे । तर, उनीहरू मनिपुर नपुग्दै भारतको खैराबाङ जंगलमा बिहान साढे १० बजेतिर आपराधिक गिरोहको कब्जामा परे ।

दाङ प्रहरीका अनुसार भारतीय आपराधिक गिरोहले २ जना नेपाली चेलीलाई रुखमा बाँधेर पालैपालो ब!लात्कार गरेका छन् ।

नेपाली चेली रुँदै कराए पनि उनीहरूको चिच्याहट सुनिदिने त्यहाँ कोही थिएन । ४ जना महिला भने महि!नावारी भएका कारण उनीहरू ब!लात्कार हुनबाट जोगिएको बताइएको छ ।

उनीहरू बलात्का!र गरी भागेपछि सुरक्षित अरू ४ जनाले रुखमा बाँधिएका २ जनालाई उद्धार गरेर नेपाल ल्याएका थिए ।

नेपाल आइपुग्ने बित्तिकै उनीहरूले घटनाका बारेमा प्रहरीलाई जानकारी गराए । बला!त्कारको घटनाको जानकारी पाउने बित्तिकै प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्‍यो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले ब!लात्कारमा संलग्न चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूले रुखमा बाँधेर पालैपालो बला!त्कार मात्रै गरेनन्, उनीहरूसँग भएका मोबाइल, नाकमा लगाएका नथिँया समेत लुटेर लगेका थिए ।

दाङ प्रहरीका प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार नेपाली चेलीलाई सामूहिक बला!त्कार गरेको भारतीय आपराधिक गिरोहले उनीहरूसँग भएका तीन वटा स्क्रिनटच र एउटा किप्याड मोबाइलका साथै तीनैजनाको नथिया लुटेका हुन् ।

‘दुई नेपाली चेलीलाई भारतीयले भारतको जंगलमा रुखमा बाँधेर सामूहिक ब!लात्कार गरेका छन्,’ डीएसपी रिजालले भने, ‘उनीहरूलाई लुटपाट समेत गरिएको छ । ब!लात्कारमा संलग्न चार जना भारतीय प्रहरीको नियन्त्रणमा छन् ।’

प्रहरीका अनुसार नेपाली महिलालाई ब!लात्कार गरेको आरोपमा राकेश पासी, रामचन्द्र्र पासी,राजेन्द्र पासी र पिन्टु पासी भारतको हरैया प्रहरी चौकीको नियन्त्रण छन् ।

अहिले मेडिकल जाँचका लागी बला!त्कारका आरोपी र बला!त्कृत महिलाहरूलाई बलारामपुर अस्पतालमा लगिएको छ ।

ब*लात्कृत महिलाका आफन्त किटानी जाहेरी लगेर भारतको हरैया प्रहरी चौकी पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै