Comments Add Comment

सुदेश पराजुलीको योगेशलाई कटाक्ष:शकुनिको भुमिका खेल्ने हरुबाट माधबलाई धम्की?

एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले माधब नेपाल नभएको भए आज कुन हैसियतमा रहने थिए भन्ने सोचेर बोल्न चेतावनी दिएका छन् ।

आज संसदमा एमालेका नेता योगेश भट्टराईले माधब नेपाललाई राजनीति बाट सन्यास लिन र मुख सम्हालेर बोल्न आग्रह गरेपछि उक्त अभिव्यक्तिको जवाफमा पराजुलीले यस्तो बताएका हुन् ।

यसैगरी नेकपा फुटाउन सकुनिको भुमिकामा रहेको भन्दै उनले भनेका छन् ,`युवा मन्त्री नै भएपनि यस्तो मान्छे फेरि मन्त्री नहोस् भनेर जनताले कामना गरिरहेका छन् ।´
यस्तो छ उनको भनाइ :

`आफु एक पटक मन्त्री हुदा नै जनताको नजरमा जिवनभर यस्ता मान्छे मन्त्री नहुन भन्ने कामना जनताले गरिरहेका छन यी युवा पुर्व मन्त्री भनिएका मान्छेले माधव नेपाललाई सन्यासको धम्की दिएछन ! माधव नेपाललाई उचाली उचाली राजनीतिमा बैतर्नी तरेकाले सन्यासको धम्की ? माधव नेपालको समुहमा नलागेको भए पार्टी राजनीतिमा आज कुन कुना / कुन स्थानमा पुग्ने थियो हेक्का होला नि ।
ईतिहास साचि नै छ ।
नेपाल कम्युनिष्ठ पार्टीलाई विभाजन गर्न शकुनिको भुमिका खेल्ने हरुबाट धम्की ? नेकपा एमाले ,नेपाल कम्युनिष्ट पार्टी विभाजनको बिजारोपण गर्ने द्वन्द्वको जग बसाल्नेहरुले आज यसरी बोल्न अलिकति पनि लाज लाग्दैन ? बैगुनि केटोको उपमा त्यसै प्राप्त भएको होईन रहेछ ।
माधव नेपालको राजनीतिक टोपि शिरमा नभिरेको भए आज कुन राजनीतिक खेल मैदानमा हुनुहुन्थ्यो ?
विभाजनका शिरोमणिहरु यस्तो राजनीति कति दिन चल्छ र ?
विभाजन र समुहबन्दीका नाईकेहरु माधव नेपालले होईन सन्यास लिने तपाईले हो सन्यास लिने युवा राजनीतिलाई दुषित बनाउनेले ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै