Comments Add Comment

पोखरा डुबानमा, सुइँखेतका १५० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

पोखरा । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।

पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाएको बताइएपनि त्यसबारे यकिन विवरण भने आइसकेको छैन ।

पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको हो । यो बस्तीमा करिब डेढ सय भन्दा बढी घर छन् । घर डुवानमा परेपछि स्थानीय कोही आफन्तकोमा गएका छन् भने कोहीलाई मन्दिरमा राखिएको छ ।

घर र कृषि फार्महरु बगाएपनि मानवीय क्षति भने भएको छै्न । भौतिक क्षति भने धेरै भएको छ ।सुनौलो नेपालबाट साभार।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै