Comments Add Comment

पार्टीका सांसदहरुलाई कार्यकर्ताहरुले कालो मोसो दल्ने समय आउन सक्छ:अजय निराला

जनता समाजवादी पार्टी नेपालका चितवनका जिल्ला सचिवालय सदस्य अजय निरालाले पार्टीका सांसदहरुलाई कार्यकर्ताहरुले कालो मोसो दल्ने समय आउन सक्ने बताएका छन् ।

पार्टी फुटको अवस्थामा रहेको र पार्टीका केही सांसदहरु र केन्द्रीय सदस्यहरु पनि त्यसमा संलग्न रहेको चर्चा चलिरहेकाे बेला निरालाले उक्त चेतावनी दिएका हुन् ।

उनले भने, ‘अहिले कुन रिसोर्टमा पुगेको छ, कुन कुनै जिल्लाहरु पुगेर केन्द्रीय सदस्यहरु हस्तरेखा सङ्गकलन गर्दै हिनिराएको छ । पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी र अवसरको केही सांसदहरुले निर्मम ढंगले दुरुपयोग गरेका छन् । आफ्नो स्वार्थको लागि पार्टीविरुद्ध जे पनि गर्न तयार हुनेहरुलाई फेरि पनि त्यस्तै कार्यमा संलग्न भए भने जहाँ भेट्याे त्यही कालो मोसो दल्नुपर्ने हुन सक्छ ।’

त्यस्ता अनुशासन तोड्ने सांसदहरुलाई त पार्टीले पो कारबाही गर्नु पर्ने हैन भन्ने प्रश्नमा उनले पार्टीले त्यसो गर्ने गरेको भए कालाे माेसाे दल्ने कुरा साेच्नै नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै