Comments Add Comment

दाजुभाइ चुनावी प्रतिष्पर्धी बन्न सक्ने अबस्था बन्दै !

आगामी निर्वाचनमा देशैभर स्वतन्त्र उम्मेदवार उठ्ने अभियान थालिएको छ । उनीहरुबीच न्यूनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरेर निर्वचन क्षेत्र तोक्ने र छान्ने तयारी छ । असार १७ र १८ गते बोलाइएको आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुन चाहनेहरुको राष्ट्रिय भेलाले उक्त निर्णय गर्ने आयोजकहरुको भनाइ छ ।

‘मेरो हकमा काठमाडौं ३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु । सम्भवतः काठमाडौं १ मा पुकार बम, ५ मा रञ्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नुहुने छ । काठमाडौं बाहिर विश्व साइकलयात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नु हुने छ ।’

लामिछानेले शाह स्वतन्त्र उम्मेदवारको रुपमा आगामी निर्वाचनमा उम्मेदवार हुने बताए पनि उनी यसअघि नै नेपाली काँग्रेसमा प्रवेश गरिसकेका हुन् । लामिछानेका भाइ रवि लामिछानेले पनि काठमाडौं ३ बाटै उठ्ने बताएका थिए । लामिछानेहरु भक्तपुर नगरकोट फेदीका स्थानीय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै