Comments Add Comment

अखिल क्रान्तिकारीको बैठकमा भयो कु*टाकुट !

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा कुंटाकुट भएको छ ।

नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुंटाकुट भएको हो । महासचिव दीपेश पुन झडप रोक्न आफै मैदानमा उत्रिए पनि विरोध र नाराबाजी भएको छ ।

असन्तुष्ट पक्षले तानाशाह चल्दैन भन्दै केन्द्रीय समिति बैठकलाई अवैध गुट बैठक भनेका छन् । संगठनले पवन कार्की लगायत समानान्तर कमिटी बनाउनेमाथि कारबाही गरेको छ ।

अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भनिएको बैठकमा तनाव भएपछि उनी नजाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै