Comments Add Comment

रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी, कुन क्षेत्रबाट दिँदैछन् उम्मेदवारी ?

सिधा कुरा जनतासंग कार्यक्रम चलाएर चर्चामा आएका पत्रकार हुन् रबि लामिछाने ।उनी अहिले चर्चित टेलिभिजन ग्यालेक्सी टीभीमा आफ्नो लगानी सहित कार्यक्रम प्रस्तोताको रुपमा रहेका छन् ।उनले अब भने त्यस टेलिभिजन छाडेका छन् ।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।

उनलाई बिहीवार नै खादा माला र टीका लगाएर टेलिभिजनबाट बिदा गरिएको हो।ग्यालेक्सी टिभीमा ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित थियो ।

टेलिभिजन छाड्नुअघि नै उनले आफ्नो साथीहरुसंग राजनीतिमा राजनीतिमा लाग्ने बताएका छन् ।

आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।

उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् ।

काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै