Comments Add Comment

गण्डकी कांग्रेस सभापतिमा पौडेल-कोइराला प्यानलबाट शर्मा उम्मेदवार

नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा पौडेल-कोइराला प्यानलबाट कास्कीका शुक्रराज शर्मा उठ्ने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ आयोजित एक कार्यक्रमबीच शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेका हुन् । उम्मेदवार घोषणा भएपछि शर्माले युवा पुस्तालाई पनि साथमा लिएर अगाडि बढ्ने बताए ।

अन्य पदाधिकारीका उम्मेदवारको टुंगो शुक्रबार बिहानसम्म लगाइने वरिष्ठ नेता पौडेलले बताए ।

संस्थापनइतर समूहबाट प्रदेश सभापतिमा शर्मासहित पाँच आकांक्षी थिए । यो समूहबाट कास्कीकै यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेल सभापतिका आकांक्षी थिए ।

संस्थापन पक्षबाट भने अर्जुन जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै