Comments Add Comment

देउवा अर्लि इलेक्सनमा जाने पक्षमा ,गठबन्धनलाई कस्तो असर?

नेपाली राजनीति एउटा जटिल मोडमा प्रवेश गरेको छ।दुई तिहाईकोको नजिक रहेको पार्टी भित्र देखिएको अन्तरकलहको कारण शेरबहादुर देउवाको काधमा प्रधानमन्त्रीको जिम्मेवारी आइपुगेको छ।तर प्रधानमन्त्री देउवा भने जतिसक्दो छिटो नै चुनावमा जान पर्ने आफू निकट हरुसंग बताउन थालेका छन् ।त्यसैअनुरूप उनले निर्वाचन आयोगका कर्मचारी हरुसंग पनि परामर्श थालेका छन् ।

स्थानीय निकायको चुनाव चैतसम्ममा सक्ने र मंसिरमा हुने चुनाव ६ महिना अगाडिनै जेठमा सार्ने तयारीमा देउवा छन् ।अर्थात जेठनै प्रतिनिधि सभाको चुनाव गर्ने उनको प्रस्ताव छ।

यो संगै कतै गठबन्धन नै संकटमा पर्ने त होईन भन्ने चर्चा सुरु भएको छ।केपि शर्मा ओलि पनि जतिसक्दो छिटो चुनावमा नै जान पर्ने बताएका छन् ।प्रधानमन्त्री देउवा पनि यहि मत संग सहमति छन् ।तर प्रचण्ड , माधब कुमार नेपाल र उपेन्द्र यादब यो मत संग सहमत छैनन् ।यस्ले गठबन्धनमा खटपट हुन सक्ने देखिएको छ।

प्रधानमन्त्री देउवा महाधिवेशन भन्दा अगाडि नै चुनाव गरेर एमाले बिभाजन र नेकपा बिभाजनको फाइदा उठाउदै फेरि सभापतिमा आफू पुग्न सक्ने दाउमा छन् ।यसैगरी चोलेन्द्र शमशेर जवरा माथि महाअभियोगको तयारी समेत चल्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ।तसर्थ उनी जसरी भएपनि महाअभियोग बाट जोगाउने पक्षमा रहेकाले पनि प्रतिनिधि सभा विघटन वा अर्लि इलेक्सनमा नै जाने उनी निकटतम हरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै