Comments Add Comment

रामबहादुर थापा`बादल´ले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विधान महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा `बादल´ले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनको सचिवालयले दिएको जानकारी अनुसार दिउसो २ बजे अल्फा हाउस नयाँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। भोलिदेखि सुरु हुने विधान महाधिवेशनको व्यवस्थापनका विषयमा बादलले पत्रकार सम्मेलनमा जानकारी गराउने छन्।

विधान महाधिवेशन प्रचार उपसमितिका संयोजक खिमलाल भट्टराईका अनुसार पत्रकार सम्मेलनमा विधान महाधिवेशन स्थल गोदावरीसम्म जाने प्रतिनिधिहरुलाई आउजाउको व्यवस्था, खाना र खाजाको प्रबन्ध र अन्य प्राविधिक विषयका बारेमा बादलले स्पष्ट पार्नेछन्। यसैगरी पार्टीको आन्तरिक अबस्थाको बारे र आफू माथि मिडियाले फैलाएको भ्रम बारे समेत बोल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै