Comments Add Comment

माओवादीको स्थायी कमिटी बैठक बस्दै,आज मन्त्रीको नाम टुंगो लगाउन सक्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाका बस्ने छ ।

बैठकमा मन्त्री छनोट गर्ने विषयमा छलफल हुने बताइएको छ । पाँच दलिया गठबन्धनबाट देउवा नेतृत्वमा सरकार बनेको दुई महिना बढी भइसक्दा पनि अझै मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ-आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।

त्यही अनुसार माओवादीको बैठक बस्न लागेको हो । कांग्रेसले पनि आज दिउँसो ३ बजे नै पदाधिकारी बैठक डाकेको छ । कांग्रेले पनि मन्त्री छनोट गर्ने विषयमा छलफल हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै