Comments Add Comment

माधव नेपालको पार्टीलाई वामदेवले साथ दिने

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाललाई साथ दिने भएका छन् । हिजो बुधबार मात्रै नेकपाबाट छुट्टिएर माधवकुमार नेपाल समूहले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पार्टी दर्ताको प्रक्रियामा छ । बुधबार नेपाल समूहले सार्वजनिक गरेको ९५ जनाको केन्द्रीय समितिको लिस्टमा नभएका गौतमले आज नेपाल समूहलाई साथ दिने बताएका हुन् । पार्टी विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकलाई सम्बोधन गर्दै गौतमले नेपाल नेतृत्वको पार्टीलाई सहयोग गर्ने निर्णय गरेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै