Comments Add Comment

प्रचण्ड र चिनियाँदूत यान्छीबीच भेटवार्ता,के भयो कुराकानी ?

प्रचण्ड र चिनियाँदूत यान्छीबीच भेटवार्ता,के भयो कुराकानी ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत यान्छी आइतबार प्रचण्डको निवास खुमलटार पुगेकी थिइन् ।

प्रचण्डसँग राजदूत यान्छीको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।भेटमा कम्युनिस्ट एकता र हालको राजनीतिक घटनाक्रमको बारेमा यान्छीले चासो व्यक्त गरिएको बताइएको छ।
चीन हालपनि कम्युनिस्ट एकताको पक्षमा रहेको र त्यही अनुरुपको बाताबरण बनाउन लागेको बुझिएको छ।यसैगरी कोरोना महामारी र चीनको भुमिकाको बारेमा समेत छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै