Comments Add Comment

यी २० कुरा विश्वसंग लुकाउँछ चीन

चीन विश्वको सबैभन्दा बढी जनसंङ्ख्या भएको देश हो। यहाँ करिब १ अरब ३५ करोड मानिस बसोबास गर्छन्। चीनका केही रहस्य यस्ता पनि छन् जुन चिनियाँ चाहन्छन् कि दुनियाले यो बारेमा थाहा नपाओस्।
*करोडौं खाली घर

चीनमा करिब ६ करोड ५० लाख घर खाली छन्। यी पुराना अनि जर्जर घर होइनन्, नयाँ बनाइएका अत्याधुनिक घर हुन। बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दै बनाइएका यी घर अनुमान झै जनसङ्ख्या नबढेपछि खाली नै रहेका हुन।

*गुफामा पनि बस्छन् मानिस

यहाँका ३ करोड भन्दा बढी मानिस गुफामा बस्छन्। शान्सी प्रान्तमा गुफामा बस्ने मानिस बढी छन्। जहाँ छिद्रदार माटोमा गुफा बनाउ सजिलो छ। यी गुफाको बाहिर इट्टाले सजाइएको हुन्छ।

*वायु प्रदुषण

चीनमा तीव्र औधीगिकरणको कारण वायु प्रदुषण अत्याधिक बढेको छ। घर बाहिर निस्कन मास्क अनिवार्य मानिन्छ। यो समस्या चीनमा मात्र होइन, यहाँको हावाको प्रवाह अमेरिकाको उत्तरी क्यालिफोर्नीसंग पुग्ने गर्छ। सान फ्रान्सिस्कोको हावाको एक तिहाई वायु प्रदुषण चीनबाट आउने गर्छ।

*पुनर्जन्ममा रोक

यहाँ एक हास्यास्पद दाबी छ कि चीन सरकारले बौद्ध भिक्षुहरुलाई पुर्नजन्ममा रोक लगाएको छ। कोही सोध्न सक्छ कि यो कसरी सम्भव हुन्छ? भनिन्छ कि फेरी जन्म लिनको लागि पनि चीन सरकारको अनुमति लिनु पर्छ। वास्तवमा यो कोसिस दलाई लामाको प्रभाव कम गर्न गरिएको हो।

*पाइरेसी

सन् २०१० मा चीनमा बनेको कम्प्युटरमा जति पनि सफ्वेयर इन्स्टल्ड गरिएका थिए, करिब ७८ प्रतिशत अवैध तरिकाले चोरी गरिएका थिए। विश्वमा यस्तो पाइरेसी ४२ प्रतिशत गरेको बेला चीनमा भने दोब्बर रहेको छ।

*बढ्दो इसाई धर्म

यो आश्चर्यजनक छ कि चीनमा करिब ५ करोड ४० लाख ईसाइ छन् र यो सङ्ख्या बढ्यो छ। छिट्टै यो सङ्ख्या विश्वको सबैभन्दा बढी इसाई जनसङ्ख्यामा गनिनेछ। चीनमा अहिले पनि सबैभन्दा बढी इटलीबाट इसाई आउने गर्छन्।

*वेबसाइट रोक
चीनमा सन् २००९ देखि फेसबुक र ट्वीटर रोक लगाइएको छ। सन् २०१२ मा एउटा लेखको कारण चीन सरकारले चर्चित समाचार अनलाइन न्युयोर्क टाइम्समाथी पनि रोक लगाएको थियो।

. अमेरिकाले सय वर्षमा जति सिमेन्टको प्रयोग गरेको छ त्योभन्दा धेरै चीनले सन् २०११ देखि २०१३ बिच प्रयोग गर्यो । चीनले यी तीन वर्षमा ६ हजार ६ सय १५ टन सिमेन्टको प्रयोग गर्यो ।

. २००० इसा पूर्वको वरिपरि आइसक्रिमको खोज सबैभन्दा पहिले चीनमा भएको थियो । पहिलो आइसक्रिम दुध र चामल मिसाएर बनाइएको थियो ।

. यति विशाल भूभाग हुँदासमेत चीन एउटै टाइम जोनमा छ ।

. केचप पनि मूल रुपमा चीनको नै हो र यस्तै गरी मसालेदार माछाको सस पनि चीनकै आविष्कार हो ।

. फुटबल खेलका लागि पनि चीनलाई नै श्रेय दिइन्छ । फिफाका आठौं अध्यक्ष सेप बल्टरले पनि फुटबलका लागि चीनलाई नै श्रेय दिएका थिए । चीनको फुटबलको खोज दोस्रो वा तेस्रो शताब्दीमा भएको बताइन्छ ।

. चीन आधिकारीक रुपमा नास्तिक देश हो तर यहाँ इटालीको भन्दा धेरै इसाईउ धर्मावलम्बी छन् । चीनमा करिब ५.४ करोडले इसाइ धर्म मान्छन् भने इटालीमा ४.७ करोड उक्त धर्मका अनुयायी छन् । चीन चाँडै नै संसारको सबैभन्दा ठूलो इसाई देश बन्ने अनुमान गरिएको छ ।

. चीनियाँ नागरिक कुकुरको मासु पनि खान्छन् । तर केही वर्षयता यसमा कमी आएको छ । अब मानिसहरु कुकुर र बिरालोलाई घरमा पाल्ने गर्दछन् । यद्यपी, त्यहाँ सर्पको मासु निकै रुचाइन्छ ।

. चीनमा हरेक दिन औसतमा १७ लाख सुँगुर खपत हुन्छ । यहाँ सुँगुरको मासु सबैभन्दा बढि रुचाइन्छ । यद्यपी, कम कमाई भएका मानिसहरुले सुँगुरको मासु सजिलै खरिद गर्न सक्दैनन् ।

. हंगकंगका चीनियाँ एक दिन छुट्टी लिएर आफ्ना पूर्वजहरुको चिहान सफा गर्न चीन जान्छन् ।

. पारम्परिक रुपमा चीनियाँ महिला रातो रंगको लुगामा विवाह गर्दछन् । रातो रंगलाई चीनमा भाग्यशाली रंग मानिन्छ जबकी सेतो रङलाई मृत्युको प्रतिकको रुपमा लिइन्छ ।

. संसारका हरेक पाँचौं व्यक्ति चीनियाँ हुन् ।

१३. सन् १९७८ मा चीनियाँ कम्युनिष्ट पार्टीले पुँजीवाद बजार सिद्धान्त पेश गरे । जब सन् १९८० को दशकमा चीनले आफ्नो बजार खोल्यो तब उक्त देश संसारको सबैभन्दा ठूलो उत्पादक बन्यो । चीनको अर्थव्यवस्था पछिल्लो तीन दशकदेखि औसत १० प्रतिशतको दरमा बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै