Comments Add Comment

नेपाल कम्युनिस्ट पार्टि कास्की द्वारा दार्चुला घटनाको बिरोधमा प्रदर्शन (फोटोफिचरसहित)

साउन १६,पोखरा ।नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा भारतीय एसएसपीले तुइन तर्दै गर्दा तुइन काट्दिएको र एक नेपाली बेपत्ता भएको घटनाको बिरोधमा पोखरा सिर्जना चोकमा व्यापक प्रदर्शन गरेको छ।कार्यक्रममा स्वत:स्फुर्त रुपमा नागरिकको उल्लेखनीय उपस्थिति समेत रहेको थियो।

उक्त कार्यक्रमका संचालक अखिल(क्रान्तिकारी ) पि एन क्याम्पस अध्यक्ष उपेन्द्र परिवार रहेका थिए।यसैगरी उक्त कार्यक्रमलाई नेकपा कास्की जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य अटल शर्माले बिशेष सम्बोधन गरेका थिए।

`ओलि सत्तामा आउने बित्तिकै २ बर्ष पछि तुइन अन्त्य गर्छु भन्यो तर आज झन्डै ४ बर्ष पछि भारतले तुइन काटेर हत्या गर्यो । त्यसैले संसदिय व्यवस्था बोल्ने एउटा र गर्ने अर्को भन्ने कुरा प्रमाणित भएको स्पष्ट रहेको नेकपा कास्की
जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य अटल शर्माले बताए ।

`हामी गोबिन्द गौतम को हत्या हुँदा बोल्यौ ,देवनारायण शाह लाई गिरफ्तार गर्दा बोल्यौ, लिपुलेक कालापानी को बिषयमा बोल्यौ ,नेपालको इतिहासमा सिमानामा काडेतार लगाउने पहिलो पार्टी नेपाल कम्युनिस्ट पार्टी हो ।त्यसैले नेपालको रास्ट्रीय स्वाधीनताको रक्षक नेकपा हो भन्ने कुरा घटनाक्रम ले पुस्ट्री गरेको छ ।´उनले भने।

दिन दिनै सिमानामा भारतीय सम्राज्यवाद ले दादागिरी देखाउदा पनि चुक्क नबोल्ने नेपालको शासकहरु र लेण्डुप हरु एकै रहेको र त्यसैले पुजीवाद लेण्डुप जन्माउने व्यवस्था भएकोले यसलाइ ध्वस्त गर्दै बैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणमा जुट्न सम्पुर्ण लाई आग्रह समेत गरे।

यसैगरी उनले भने` हामी भारत जस्तो चिनले २० जना भन्दा बढी सैनिक को हत्या गर्दा मौन बस्ने हामी होइनौ
भारत इस्ट ईन्डिया कम्पनी को दास हुदा समेत हामी स्वाधीन थियौ ।आजपनी हाम्रा गोर्खा सैनिक ले तिम्रो देशको रक्षा गर्न परेको छ ।।हामी भक्ती र अमरसिह बलभद्र का शन्तान हौ ,हामी हाम्रो शरीरमा एक थोपा रगत रहदा सम्म हाम्रो देशको लागि लड्नेछौ मोदि र नरवाने लाई तुरुन्तै नेपाल सामु माफी माग्न र जयसिह धामी को हत्यारा लाई कारबाही गर्न चेतावनी दिन्छौ ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै