Comments Add Comment

माओवादी केन्द्रको लुम्बिनी प्रदेश सांसद बिमला वलि सम्पर्क बाहिर,एमालेतिर लागेको आंशका

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली सम्पर्कविहीन भएकी छन् । बुटवलको नयाँ गाँउस्थित आफ्नै डेरामा रहेकी सांसद वली हिजो ८ बजेतिरबाट सम्पर्कविहीन भएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

सांसद वली शुक्रबारदेखि पार्टीको सम्पर्कमा नरहेको भन्दै सत्तापक्षले उनलाई सम्पर्कविहीन बनाएको घर्तीको आरोप छ ।

मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने घर्तीले बताए । यसअघि पनि पार्टीको सम्पर्कबाहिर रहेकी जसपा सांसद पुर्मती ढेंगालाई एमालेले मन्त्री पदसहित आर्थिक प्रलोभनमा पारेको जसपाले आरोप लगाएको थियो । ढेंगा अहिले जसपामै फर्किएकी छन् ।

पुर्मती ढेंगा मगर सम्पर्कविहीन भएको खबर सार्वजानिक भएको ३ दिन नबित्दै वली पार्टीको सम्पर्कविहीन हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । वलीको मोबाइलमा फोन गइरहे पनि उठेको छैन ।

उप निर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएकी वलीले सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्र रोजेकी थिइन् । यद्यपी एमालेले भने दल विभाजनपछि पनि वली एमालेको संसदीय दलको बैठकमा सहभागी भएकाले दल रोज्न पाउने अधिकार पहिल्यै गुमाइसकेको र उनी एमाले भएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै