Comments Add Comment

हेल्मेट नलगाइ सवारी हाँकेका पारसले प्रहरीलाई थर्काएपछि…

काठमाडौं, १६ समउन । पटकपटक विवादमा तानिने गरेका पूर्वयुवराज पारश शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् ।

काठमाडौं प्रहरीका अनुसार हेलमेट नलगाइ मोटरसाइकल चलाएर आएका पारसलाई ट्राफिक प्रहरीले रोकका थिए । मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि नै जाइलागेको बताइएको छ ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्‍न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए ।

तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको थियो । कतिपय सर्वसाधारणले ‘साधारण जनता भएको भए प्रहरीले अघिनै गाडीमा हालेर लगिसक्ने’ भन्दै प्रहरीप्रति पनि आक्रोश व्यक्त गरेका थिए ।

केहीबेरको विवादपछि सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर पारसलाई जान दिइएको थियो ।

पारस विवादमा मुछिएको यो पहिलोपटक भने होइन । यसअघि पनि धेरैपटक उनी विभिन्‍न क्षेत्रमा विवादमा तानिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै