Comments Add Comment

नेकपा चितवन इच्छाकामना गा.पाको बैठक सम्पन्न ,एमसीसी र संसदीय ब्यवस्था विरुद्ध लड्ने उद्दोष

साउन ०९,चितवन। नेपाल कम्युनिस्ट पार्टी चितवनको इच्छाकामनाको साबिक दाहाखानी गा.बि.स,(हाल इच्छाकामना गाउँपालिका वार्ड नम्बर ०७ )को बैठक सम्पन्न भएको छ।बैठक ने क पा चितवन को जिल्ला सदस्य एबम दारेचोक दाहाखानी इन्चार्ज रघुबिरको अध्यक्षतामा बसेको हो।

सो बैठकमा ने क पा चितवनको मजदुर फ्याक्सन इन्चार्ज एबम जिल्ला सदस्य कम्रेड पुरन राईको विशेष उपस्थिति संग सङ्गै जिल्ला सदस्य बिरु तामाङ र युबा कम्रेड निसानको उपस्थिती रहेको थियो।उक्त बैठकलाइ सम्बोधन गर्दै पुरन राईले पार्टी ले हाल लिएको कार्ययोजना र कार्यनितिको बिसयमा स्पस्ट पार्दै हाल सरकारले ल्याउन खोजेको रास्ट्रघाती mcc बिधयकको बिरुद्ध संघर्ष गर्न र राष्ट्रिय स्वाधीनता बचाउन अब युबाहरु बिसालु साप र गर्जेको बाघ भएर लडाइ लड्न तयार रहनु पर्ने र अहिलेको जनता मारा संसदीय ब्यवस्था फालेर बैज्ञानिक समाजबाद ल्याउन चुनाब होइन जनमत संग्रह को लागि तयार हुन अनुरोध गर्नु भयो।

बैठक बाट वार्ड सेक्रेटरिमा तेज ब मगर,,युबा संयोजकमा राजु लामा,,महिला संयोजकमा इन्द्र माया गुरुङ,मजदुर संयोजकमा सन्त ब चेपाङ,बिधार्थिमा अनिस थापा मगर लाई जिम्मेवारी तोक्दै ४७ सदस्यीय कमिटी निर्माण भएको छ।

अन्तमा बैठक सौहाद्र पुर्ण रुपमा सम्पन्न भएकोमा बैठकका अध्यक्ष रघुबिरले सम्पुर्ण अतिथिहरु लाई धन्यबाद दिदै जिम्मेवारी प्राप्त गर्नुहुने सबै कम्रेडहरुलाइ पार्टिले लिएको कार्यक्रमहरुलाइ दृढताका साथ लागू गर्न निर्देशन दिदै बैठक समापन गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै