Comments Add Comment

भीम रावलको टिप्पणी–अब भने केपि ओलि पुर्ण रुपमा उदाङ्गो भए

नेकपा एमालेका नेता भीम रावलले वाह्य शक्तिलाई खुसी पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल गरेको टिप्पणी गरेका छन् ।

उनले शनिबार ट्विट गर्दै आफूले केही दिन अघि व्यंगात्मकरूपमा गरेको ट्विटको पुष्टि भएको बताएका छन् । “प्रम केपीको चरम सत्तालिप्साका कारण उहाँबाट एकपछि अर्को असंवैधानिक र राष्ट्रघाति काम भइरहेको र कुर्सी स्वार्थका लागि अनेकौं कूकार्य हुँदै आएको तथ्यको आधारमा मैले ५ दिन अघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर वाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपाको महन्थ पक्षलाई धुपबत्ती गर्नसक्ने कुरा व्यंगात्मकरूपमा ट्विट गरेको थिएँ । त्यसको जेठ २१ गतेको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो । कामचलाउ प्रमको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा छ,” उनले लेखेका छन् ।

साथै दुईपटक संविधान सभाको निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको उनले बताएका छन् । “यसमा रहेको लोकतन्त्रघातीहरूको नाम सार्वजनिक होस्,” रावलको माग छ ।

रावलले प्रधानमन्त्रीले राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलाप गरिहरेको भन्दै देश, जनता र लोकतन्त्रलाई जोगाउन आह्वान पनि गरेका छन् ।

“प्रम केपीका यसप्रकारका राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको सिद्धान्त, नीति र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितिमा पुगेका हौं । सबै देशभक्त लोकतन्त्रवादी एकजुट भएर देश, लोकतन्त्र र जनताको अधिकार र हितको रक्षाका लागि । अग्रसर होऔं,” उनले ट्विटमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै