Comments Add Comment

ढुंगागिटीको निर्यात गर्ने घोषणा राष्ट्रघाती,तत्काल फिर्ता गरियोस् : अध्यक्ष यादव

काठमाडौं, १९ जेठ । जनता समाजवादी पार्टीले ढुंगा गिटी तथा बालुवा भारत निकासा गरेर व्यापार घाटा कम गर्ने सरकारी घोषणालाई राष्ट्रघाती कदमको संज्ञा दिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा सरकारी घोषणाको चर्को विरोध गरिएको छ ।

‘सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसाबले घातक रहेको छ,’ अध्यक्ष यादवले भनेका छन्, ‘यसबाट नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई/मधेशमा ठूलो प्राकृतिक संटक आउनेछ ।’

सरकारले यो कदम नरोके त्यहाँको जनताले आफ्नो जीवनरक्षाको लागि संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

यस्तो छ जसपाको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै