Comments Add Comment

क्रेडिट कार्डको पैसा बैंकमा र बैकबाट क्रेडिट कार्डमा घुमाइ–घुमाइ साढे ३ करोड कमाइ

क्रेडिट कार्डको पैसा बैंकमा र बैकबाट क्रेडिट कार्डमा घुमाइ–घुमाइ साढे ३ करोड कमाइ

काठमाडौं। अमेरिकाका एक व्यक्तिले आफूसँग भएको केही पैसा कहिले बैंकमा र कहिले क्रेडिट कार्डमा घुमाइ घुमाइ करोडौं पैसा कमाएको पाइएको छ । उनले केही किन्दा क्रेडिट कार्डबाट भुक्तानी दिँदा पाइने क्यासब्याकबाटै यति धेरै पैसा कमाएका हुन् । वाल स्ट्रिट जर्नलका अनुसार कोस्टाटिन अनिकीभ नामका यी व्यक्तिले यति धेरै पैसा कमाएर त्यहाँको कर विभागलाई समेत चकित पारिदिएका छन् ।

खासमा अनिकीभले क्रेडिट कार्डबाट पैसा तिरेर गिफ्ट कार्ड किन्थे । उनले क्रेडिट कार्डबाट पैसा तिरेर भिसा गिफ्ट कार्ड, रिलोडेबल डेबिट कार्ड र केही मनी अर्डर किन्थे । उनले किनेका यी सबै कुराहरु पछि पैसासँग साट्न मिल्छ । यसरी साट्दा केही सेवा शुल्क भने लाग्छ । तर, अनिकीभले यस्तो आइडिया लगाए कि उनले यी कुराहरु किनेर पछि साटेर पैसा लिँदा पनि उनी नाफामै हुन्थे । उनले यस्तै नाफाबाट यति ठूलो रकम कमाइ गरेका थिए ।

अनिकीभसँग भएको अमेरिकन एक्सप्रेस क्रेडिट कार्डबाट ग्रोसरी पसलबाट ५ सय डलर बराबरको भिसा गिफ्ट कार्ड किन्दा ५ प्रतिशत क्यासब्याक पाइन्छ । अनिकीभले यसैगरी ५ सयको भिसा गिफ्ट कार्ड किन्थे । यसरी किन्दा ५ सय डलर तिरेपछि ५ प्रतिशत क्यासब्याक बराबर २५ डलर अनिकीभले फिर्ता पाउँथे । उनको ४७५ डलर मात्रै खर्च हुन्थ्यो । पछि त्यो भिसा गिफ्ट कार्डलाई पैसासँग साट्दा ६ डलर सेवा शुल्क तिर्नुपर्थ्यो । ६ डलर सेवा शुल्क तिरेर ५ सयको भिसा गिफ्ट कार्डलाई पैसासँग साट्दा अनिकीभसँग ४९४ डलर आउँथ्यो अर्थात उनलाई १९ डलर नाफा हुन्थ्यो । अनिकीभले यही गरी गरी ३ लाख डलर कमाइ गरे ।

यसरी भिसा गिफ्ट कार्ड, रिलोडेबल डेबिट कार्ड वा मनिअर्डरलाई पछि पैसासँग साटेर आएको पैसाले क्रेडिट कार्डको बिल तिर्थे । त्यसपछि त्यही क्रेडिट कार्डबाट फेरि यस्तै सामानहरु किन्थे । उनले क्रेडिट कार्डबाट खरिद गर्ने, किनिएका कुरा पैसासँग साटेपछि आउने पैसाले क्रेडिट कार्डको बिल तिर्ने गरेर आफ्नो पैसा घुमाइरहेका थिए । यसरी ग्रोसरी पसलबाट प्रत्येक दिन गिफ्ट कार्ड किन्ने निश्चित सीमा हुन्छ र उनले त्यो सीमा अनुसार नै कार्ड किन्थे । अनिकीभले खासगरी ती कार्डहरु किन्थे जसलाई पैसासँग साट्दा सेवा शुल्क कम लाग्थ्यो ।

अनिकीभले ३ लाख डलर कर्मा गरिसकेपछि भने अमेरिकाको कर विभागको सिस्टमले अधिकारीहरुलाई सचेत गरायो । त्यसपछि आम्दानीभन्दा धेरै सम्पत्ति भएको भन्दै अनिकीभमाथि अनुसन्धान सुरु भयो । अनिकेभलाई यसरी कार्डबाट कमाइ गर्ने रुची २००९ मै सुरु भएको थियो जतिबेला उनी विद्यार्थी थिए । २००९ देखि नै उनी यस्तो गर्दै आइरहेका थिए । पछिल्ला दिनमा भने उनको यो क्रम बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै