Comments Add Comment

चुरेको गिट्टी, बालुवा बेचेर व्यापार घाटा हल हुन्छ ?’:डा.बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चेरेको गिट्टी बालुवा बेचेर व्यापार घाटा हल नहुने बताएका छन् ।

उनले बजेटको स्तर दयनीय भएको उल्लेख गर्दै अर्थतन्त्रको गुणात्मक रूपान्तरणका लागि संरचनात्मक परिवर्तनको एजेन्डा खोई ? भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले ट्विटमा लेखेका छन्, ‘हाम्रो बजेट विमर्शको स्तर कति दयनीय: अल्पविकास/बेरोजगारी/परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरण निम्ति संरचनात्मक परिवर्तनको एजेण्डा खोइ ?’

‘अलिकति तलबभत्ता/सामाजिक सुरक्षाभत्ता बढाइदिए सबैको वाहवाही ?,’ उनले प्रश्न गरेका छन्, ‘चुरेका गिट्टीबालुवा बेचेर व्यापार घाटा हल हुन्छ ? बेरोजगारी हट्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै