Comments Add Comment

प्रधानमन्त्रीसँग भएको छलफलबारे आफू निकट नेताहरुलाई ‘ब्रिफिङ’ गर्दै ठाकुर-महतो

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफू निकट नेता र निवर्तमान सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भएको छलफलबारे ‘ब्रिफिङ’ गर्ने भएका छन्।

प्रधानमन्त्रीसँगको छलफलबारे सोमबारै नेताहरुलाई जानकारी गराउने भनिएको भएपनि समयअभाव भएको भन्दै मंगलबार दिउँसो १२ बजे पार्टी कार्यालय बबरमहलमा ब्रिफिङ गराउन लागेका हुन्।

“हामी हिजो अध्यक्षज्यु र महतोजी पार्टी कार्यालयमा आउनुहुन्छ भनेर बेलुका ६ बजेसम्म बसेका थियौं तर उहाँहरुल” ठाकुर-महतो पक्षका एक नेताले भने, “आज १२ बजे उहाँहरुले पार्टी कार्यलयमा पुग्छौ भन्नू भएको छ। उहाँहरु आएपछि बालुवाटार छलफलको बिषयमा जानकारी दिनुहुन्छ होला।”

जसपामा विवाद बढ्दै जाँदा ठाकुर-महतो पक्षका नेताहरु पार्टी कार्यालय बबरमहलमा नियमित भेट र छलफल गर्दै आएका छ्न्।

जसपाको ठाकुर महतो पक्ष सरकारमा जाने विषयमा ढुक्क भएपनि सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन बारेको मुद्दामा संवैधानिक इजलासमा बहस जारी भएकाले सरकारमा जान आनाकानी गरिरहेका छ्न्।

जसपाका नेताहरूले आफूहरुका सबै माग पूरा नभएकाले सरकारमा जान ढिलाई भइरहेको बताएका छ्न्। तर, ढिलोमा अवको हप्ता दिन भित्रै जसपा सरकारमा जाने एक अर्को नेताले दाबी गरे। जसपा ८ मन्त्रीसहित २ राज्य मन्त्री लिएर सरकारमा जाने मोटामोटी सहमति भएको छ। राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने लगभग सहमति भएको छ। अरु कुन-कुन नेताहरु सरकारमा जाने पक्कापक्की भइसकेको छैन। तर महतोले गृहमन्त्रीको दाबी छोडेका छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै