Comments Add Comment

उज्वल थापाको निधनले देशलाई अपूरणीय क्षति भएको छ : डा बाबुराम भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उज्वल थापाको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन्। बुधबार साँझ ट्विट गर्दै डा भट्टराईले थापाको निधनपछि पनि वैकल्पिक राजनीतिो औचित्य झन् बढ्ने समेत उल्लेख गरेका छन्।

‘नेपालमा वैकल्पिक राजनीतिक अभियानका अगुवा तथा असल मानव उज्ज्वल थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति भएको छ। उहाँको निधन पश्चात पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ। उहाँप्रति हार्दिक श्रद्धान्जली तथा आफन्तजनमा गहिरो समवेदना,’ डा भट्टराईको ट्विटमा उल्लेख छ।


कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थापाको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको थियो। यसअघि नै उनका शरीरका अंग शिथिल बनेकाले एक्मो विधिबाट गरिएको उपचार पनि सफल हुन सकेन।

विवेकशील साझा पार्टीका नेता थापाको उपचारका क्रममा बुधबार दिउँसो मेडिसिटी अस्पतालमा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment