Comments Add Comment

उपेन्द्र र बाबुरामलाई ‘जसपाबाट निकाल्न’ महन्थ समूहको बैठक जारी

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बसिरहेको छ ।

उपेन्द्र यादव समूहले ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेपछि बबरमहलस्थित कार्यालयमा अध्यक्ष ठाकुर समूहको बैठक बसिरहेको हो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्कासन गर्ने विषयमा छलफल भइरहेको छ ।

‘यादव र भट्टराईलाई पार्टीबाट निष्कासन गर्ने विषयमा छलफल भइरहेको छ । संसदीय दल र पार्टीमा हाम्रो बहुमत छ,’ ती नेताले भने, ‘केहीबेरमा हाम्रो निर्णय आउँछ । ’

यसअघि जसपाको यादव समूहले मंगलबार अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो । यादव समूहले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको पत्र पनि निर्वाचन आयोग बुझाएको छ ।Shilapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै